सोमबार, साउन १८, २०८३

मुख्यमन्त्री निवास अगाडि विद्यार्थीको प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुर – सामाजिक विषयको प्रश्नपत्र बाहिरिएर परीक्षा स्थगित गरिएको आक्रोशमा उत्रिएका विद्यार्थीले प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीहरूको आवासमा प्रदर्शन गरेका छन्। विद्यार्थीले मुख्यमन्त्री निवास अगाडी टायर बालेर प्रदर्शन गरेका हुन्।

आफूहरूको भविष्यमाथि ठूलो खेलवाड भएको भन्दै परीक्षाअघि नै प्रश्नपत्र बाहिर ल्याउने व्यक्तिमाथि कडा कारबाही गर्न र तत्काल परीक्षा गर्न माग गर्दै विद्यार्थी आन्दोलित भएका छन्। विद्यार्थीले मुख्यमन्त्रीसहित मन्त्रीहरूको निवास जनकपुर चुरोट कारखाना लिमिटेडको भवन अगाडि भेला भएर नाराबाजी गरिरहेका छन्। 

यस्तै वीरगन्जमा पनि आक्रोशित विद्यार्थीले घन्टाघर अगाडि भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। सडक अवरुद्द गरी प्रदर्शनमा उत्रिएपछि प्रहरीले विद्यार्थी माथी अश्रुग्यास प्रहार गरेको छ। 


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।