सोमबार, साउन १८, २०८३

सुर्खेतबाट विप्लवका दुई कार्यकर्ता पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड्का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । सुर्खेत प्रहरीले समूहका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।