सोमबार, साउन १८, २०८३

गुडिरहेको गाडीमा दनदनी आगो बलेपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- कैलालीको अत्तरीयामा गुडिरहेको जीपमा अकस्मात दनदनी आगो बलेको  छ। बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको हायसमा अकस्मात आगो लागेको हो । 

आगो करिब आधा घन्टा लगाएर नियन्त्रणमा लिइएको छ । गुडिरहेको गाडीमा लागेको आगो निभाउन दमकलको साहारा लिनु परेको थियो । अत्तरीया चौकमा यात्रु खोज्दै गरेको गाडी बा ४ ख ५८६८ हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । 

गाडीमा आगो लागेपनि मानवीय क्षति भने हुन पाएन । तर, अकस्मात रुपमा गाडीमा कसरी आगो लाग्यो भन्ने विषयमा केहि खुल्न सकेको छैन । प्रहरीले यसविषयमा अनुसन्धान थालेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।