सोमबार, साउन १८, २०८३

विप्लवका नेतालाई अदालत हाजिर गराउन आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई तीन दिनभित्र अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले बिहीबार नेता ओलीलाई बन्दी बनाउनुको लिखित जवाफसहित तीन दिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । 

नख्खुस्थित एनसेलको टावरमा बम विस्फोट गर्दा एक जनाको ज्यानसमेत गएको घटनाको जिम्मा लिएपछि प्रहरीले ओलीलाई पक्राउ गरेको थियो । 

नेता ओलीका छोरी विपना ओलीले बिनाकारण प्रहरी पक्राउ गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवदेन दर्ता गर्नुभएको थियो । ओलीलाई यही चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले पक्राउ गरेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।