सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एसईईको सामाजिक विषयको परीक्षा पनि स्थगित, १२ घण्टा पहिल्यै प्रश्‍नपत्र 'आउट'

एसईईको सामाजिक विषयको परीक्षा पनि स्थगित, १२ घण्टा पहिल्यै प्रश्‍नपत्र 'आउट'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रश्न पत्र आउट भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गतकाे सामाजिक शिक्षाको परिक्षा पनि स्थगित भएको छ ।  आज शुक्रबारका लागि तय भएको परीक्षा प्रश्न पत्र आउट भएपछि स्थगित गरिएकाे हाे । 

धनुषाबाट परीक्षा सुरु हुनुभन्दा १२ घण्टा अगाडी नै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्नपत्र बाहिरिएपछि थियाे। परीक्षा प्रदेश २ मा र नियमित तर्फका विद्यार्थीको मात्रै स्थगित भएको प्रदेश २ को शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

प्राविधिक र पुराना ग्रेडवृद्धिका लागि परिक्षा दिनेहरुको परीक्षा भने यथावत रहेको निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए । नियमित तर्फका विद्यार्थीहरुको समाजिक विषयको परीक्षा कहिले हुन्छ भनेर मिति भने तय गरिएको छैन । मिति तय गर्नका लागि शिक्षा अधिकारीहरु अहिले छलफलमा जुटेका छन् । 

प्रश्नपत्र बाहिरिएको विषयमा गम्भीर रुपमा अनुसन्धान गरिने निर्देशक शर्माले बताए । उनका अनुसार प्रश्नपत्र कसरी र कसले लिक गर्यो भन्ने विषयमा शुक्ष्म ढङ्गबाट अनुसन्धान गरिने छ । शिक्षाका कर्मचारीहरुबाटै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको  छ। 

यसअघि विहिबार विज्ञान विषयको प्रश्नपत्र सप्तरीबाट बाहिरिएपछि प्रदेश २ मा परीक्षा रद्द भएको छ । रद्द भएको विज्ञान विषयको परीक्षा चैत २२ गते लिइने बताइएको छ ।

यसैबिच, परीक्षा स्थगित गरिएको विरोधमा जनकपुर र वीरगन्जमा विद्याथीहरु प्रदर्शनमा उत्रिएका छन् । ठाउँ ठाउँमा चक्काजाम गरेर उनीहरु विरोधमा उत्रिएका हुन् । 

जनकपुर ८ स्थित याज्ञबल्क परिक्षा केन्द्रमा परिक्षा रद्द भएको विरोधमा तोडफोड नै भएकाे छ । विद्यार्थीले अकस्मिक रुपमा परिक्षा रद्द गरेर दुःख दिएको भन्दै डेस्क बेन्च तोडफोड गरेको केन्द्राध्यक्ष सञ्जय झाले जानकारी दिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।