सोमबार, साउन १८, २०८३

आहा कर्णाली ! यस्तो छ शिरदेखि पाउसम्म (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- कर्णाली भौगोलिक रुपमा जति विकट छ, त्यति नै सुन्दर छ । तिनै विकट बस्तीमा कलकल बगिरहने कर्णाली नदी अझै सुन्दर छ । नदीको शिरदेखि पाउसम्मका दृश्यलाई शब्दमा बयान गरेरै सकिँदैन ।

नेपालको सबैभन्दा लामो नदीका रूपमा कर्णालीले आफ्नै छुट्टै परिचय पनि बनाएको छ । जब मानव बस्ती नजिक पुग्छ कर्णाली तब त्यसको मानवको जीवनमै थप सुन्दरता थपिदिन्छ । मानिसको प्यास मेटाउनेदेखि भोक मेटाउने खेतीयोग्य जमिनसम्म यसको उपयोग हुँदै आएको छ । तर पछिल्लो समय सुन्दरता नै मेटिने गरी यसको दोहन भइरहेको छ ।

जैविक विविधता र पर्यटकीय हिसाबले पनि उत्तिकै सुन्दर कर्णाली नदीका तस्बिर प्रदर्शनी सुर्खेतमा आयोजना गरिएको छ । कर्णाली नदीको मुहान तिब्बतको माप्चा चुंगो (मयुरको प्वाँख) देखि कैलालीको चिसापानी पुलसम्मका केही दृश्य यस्ता छन् ।









तस्बिर सौजन्य : नविन बराल
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।