सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केन्द्रीय सदस्यसहित सुर्खेतबाट विप्लवका दुई कार्यकर्ता प्रक्राउ

केन्द्रीय सदस्यसहित सुर्खेतबाट विप्लवका दुई कार्यकर्ता प्रक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत – प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता सुर्खेतमा प्रक्राउ परेका छन्  प्रक्राउ पर्नेमा विप्लव निकट अखिल क्रान्तिकारी महिला संघका केन्द्रीय गोमा खड्का (ओली) र जिल्ला कमिटी सदस्य शिद्धबहादुर खड्का रहेका छन्।

उनीहरु वीरेन्द्रनगर– ८ स्थित आफ्नै निवासबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले विषेश सूचनाको आधारमा उनीहरुलाई बिहीबार प्रक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख बशन्त रजौरेका अनुसार उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरुका साथबाट पार्टीको रसिद र केही थान पुस्तकहरुसमेत बरामत गरेको छ।

प्रहरीले निगरानी बढासँगै विप्लवका अधिकांश कार्यकर्ताहरु भूमिगत भएका छन्। यसअघि कर्णाली प्रदेशको कालिकोट र सल्यानबाट विप्लवका सात जना कार्यकर्ता प्रक्राउ परिसकेका छन्। देशका विभिन्न ठाउँबाट सहकर्मीहरु प्रक्राउ पर्न थालेपछि विप्लवका कार्यकर्ताहरु सामाजिक सञ्जाल र जनतासँग पनि टाढिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।