मंगलबार, मंसिर २, २०८२

‘कालो बर्ष’को ‘यस्तो साथी सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari

काठमाडाैं - चलचित्र कालो वर्षको पहिलो गीत सार्वजनिक भएको छ। वैशाख १३ बाट प्रदर्शनमा आउनलागेको चलचित्रको  ‘यस्तो साथी’ बोलको गीत बुधबार सार्वजनिक गरिएको हो।

गीतमा अन्जु पन्त र विशाल निरौलाको स्वर रहेको छ। गीतको शब्द रचना खेम सारु मगरले गरेका हुन भने संगीत पनि मगरकै रहेको छ। यसअघि निर्माण पक्षले चलचित्रको पहिलो पोष्टर यही महिनाको ७ गते सार्वजनिक गरेको थियो

चलचित्रको मुख्य भूमिकामा ओकेस पनेरु, अनुपा खड्का, पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रहेका छन्। योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का, श्याम खड्काको सयुक्त लगानीमा निर्माण गरिएको हो।

सुवास देवकोटाले सम्पादन रहेको  चलचित्रलाई रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ ले बितरकको जिम्मा लिएका छन्। लक्षु गौतमको निर्देशन रहेको ‘कालो बर्ष’ आगामी बैशाख १३ गतेबाट देशभरीका चलचित्र घरहरुमा एकसाथ प्रदर्शन हुँदैछ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्