सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'मुलुकको समृद्धिका लागि विदेशी पूँजी र प्रविधि आवश्यक'

'मुलुकको समृद्धिका लागि विदेशी पूँजी र प्रविधि आवश्यक'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु आवश्यक रहेको बताएका छन्। वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर आर्थिक विकासमा केन्द्रीत भएको बताउँदै उनले त्यसका लागि लगानी सम्मेलनको आयोजना गरेको दाबी गरे।

उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौं अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाईसमेत बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर रहेको बताउँदै भने, 'सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो। स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो।'

‘सुखी नेपाली र समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको प्रधानमन्त्री ओलीले बताए। बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्न सरकार तयार र प्रतिवद्ध रहेको उनले बताए। विदेशी लगानीकर्ता आकर्षित गर्न कानून परिवर्तनलगायत अनुकूल वातावरण निर्माण गरेको प्रधानमन्त्री ओलीको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।