मंगलबार, मंसिर २, २०८२

आमिरकी छोरी इरालाई कस्ले गर्‍यो चुम्बन?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – आमिर खान यतिवेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’लाई लियर चर्चामा छन्। आमिरले फिल्मको सुटिङसमेत सुरु गरिसकेका छन्। फिल्ममा आमिरले सरदारको भूमिका निर्वाह गरेका छन्। यस्तै यतिवेला आमिरकी छोरी इरा पनि आफ्नो एउटा तस्बिरलाई लिएर चर्चामा छिन्।

इराले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेकै कारण चर्चा बटुलेकी हुन्। आफ्नो ब्वाइफ्रेन्डका साथ रमाइलो गरिरहेका तस्बिर सार्वजनिक गरेसँगै इरा चर्चामा आएकी हुन्। इराले ब्वाइफ्रेन्ड मिसाल साथ रमाइरहेका तीन तस्बिर सार्वजनिक गरेकी छन्। 

यी तस्बिरहरु मध्ये एउटामा मिसाल इराको निधारमा चुम्बन गरिरहेको देख्न सकिन्छ। तस्बिर सेयर गर्दै इराले लेखेकी छन्, ‘बसन्तको तपाइको बिदा घाम र मुस्कानले परिपूर्ण छ।’ यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भएसँग उनका शुभचिन्तकहरुले के यी तपाइका ब्वाइफ्रेन्ड हुन् भन्दै सोधेका छन्।

एक युजर्सले लेखेका छन्, ‘मिसाल तपाई निकै लक्कि हुनुहुन्छ। कहिले पनि इराको मन नदुखाउनु। मैले इरालाई पहिलो पटक उनका बुवाको साथमा देखेको थिए र निकै मन परेकी परेकी थिइन्।’ 

भारतीय सञ्चार माध्यमका अनुसार इरा यी केटासँग डेट गरिरहेकी छिन्। मिसालले पनि आफ्नो इन्स्टाग्राममा केही भिडियोहरु सार्वजनिक गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्