सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्व सेनापतिले भने,  'विप्लवविरुद्ध सेना-पुलिस नलगाऊ'

पूर्व सेनापतिले भने,  'विप्लवविरुद्ध सेना-पुलिस नलगाऊ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्‍नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। 

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला  क्षत्रीले मिडियामार्फत यस्तो अभिव्यक्ति दिएका छन्। नागरिक न्यूजसँगको विशेष कुराकानीमा क्षत्रीले सरकारले चालेको कदमको आलोचनाका गरेका छन्।

चैतभित्रै विप्लवलाई नियन्‍त्रणमा लिने तयारीसहित सुरक्षा निकायलाई परिचालन गरेको अवस्थामा केही महिनाअघि मात्र सेवानिवृत्त सेनापतिको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  विप्लव माओवादीको गतिविधि राजनीतिक समस्या भएकोले यसलाई राजनीतिक तहबाटै सम्बोधन गरिनुपर्ने र हतारमा बल प्रयोग गर्न उचित नहुने सुझाव सैनिक नेतृत्वले यसअघि पनि सरकारलाई पटकपटक दिइसकेको छ। 

फागुनको पहिलो हप्ता जंगीअड्डामा आयोजित जर्नेल सम्मेलनमा पनि विप्लव माओवादीको साइज बढेको निश्कर्ष निकाल्दै यसलाई राजनीतिक तहबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको थियो। 

क्षेत्रीले गत भदौ २४ गते अवकाश पाएका थिए। उनले प्रतिबन्धित नेकपाका नेता कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिएका छन्।

आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्विक फरक नभएको उनले स्पष्ट पारे। ‘विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ क्षत्रीले भने, ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्तानै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्‍ने जोखिम रहन्छ।’

राजनीतिक कदमबाट सम्भव नभए सेना स्वभाविकरूपमा अघि आउने उनले बताए। फागुन २७ गते विप्लव नेतृत्वको नेकपामाथी सरकारले प्रतिवन्ध लगाएसँगै वरिष्ठ नेता हेमन्तप्रकाश वली (सुदर्शन) सहित ३ दर्जन नेता/कार्यकर्ता पक्राउ परिसकेका छन्। 

विप्लवले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नगरे सरकारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन्। यसलाई पूर्वप्रधानसेनापति क्षत्रीले मुठभेडको जोखिम रहेको औंल्याए।

‘माओवादी समाप्त हुने अवस्था आएपछि दाहालले ‘राजनीतक आत्मसमर्पण’ गरेका हुन्,’ अवकाशपछि पहिलोपटक तत्कालीन विद्रोही माओवादीबारे समेत मुख खोलेका पूर्वसेनापति क्षत्रीले भने, ‘विप्लव समस्या पनि प्रचण्डले चलाएको आन्दोलनको अवशेष हो, आफू मूलधारमा आउने र सँगै लडेको शक्तिलाई बल प्रयोगबाट नियन्त्रणमा लिन खोज्‍नु गलत हो।’

उनले यसलाई बेलैमा राजनीतिक व्यवस्थापन गर्न नसकिए १० वर्षे हिंसाकै जस्तो अवस्था आउन सक्ने संकेत गरे।

याे पनि पढ्नुस्

विप्लवलाई वार्तामा बोलाऊ, बल नदेखाऊ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।