सोमबार, साउन १८, २०८३

कर्मचारी समायोजन सकियो, यस्तो छ विवरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - सरकारले कर्मचारी समायोजनको काम सकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कर्मचारी समायोजनको काम सक्किएको घोषणा गरेको हो।

संघीय संरचना अनुसार कर्मचारी समायोजनाको सबै काम सम्पन्न भएको मन्त्री लालबाबु पण्डितले जानकारी दिए। कर्मचारी समायोजन जस्तो चुनौतिपूर्ण काम सम्पन्न गर्न सरकार सफल भएको बताउँदै मन्त्री पण्डितले कर्मचारी अभावको गुनासो आउन नदिने गरि काम भइरहेको दाबी गरे।

उनले कर्मचारीहरुको समायोजनको क्रममा आएका गुनासालाई यसै महिनाभित्र सम्बोधन गरिसक्ने पनि बताए । कर्मचारीहरुको वृत्तिविकासमा बाधा नपुग्ने गरी नयाँ कानुन बनाउने प्रतिबद्धता उनले जनाए ।

देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो आईरहेका बताउँदै मन्त्री पण्डितले चालू आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिइएको बताए।

पत्रकार सम्मेलनमा कर्मचारी समायोजन महाशाखाका प्रमुख केदारप्रसाद पनेरुले प्रस्तुत गरेको विवरण अनुसार संघमा ३९ हजार ९ सय ६०, प्रदेशमा १३ हजार ८ सय २१ र स्थानीय तहमा ४३ हजार ८ सय ७ जना कर्मचारी समायोजन भएका छन्। जसमध्ये प्रदेशमा समायोजन गरिएका कर्मचारीहरुमा प्रदेश एकमा दुई हजार चार सय १५, प्रदेश दुईमा एक हजार आठ सय १२, प्रदेश तीनमा दुई हजार पाँचसय २५, गण्डकी प्रदेशमा एक हजार सात सय ४८, प्रदेश पाँचमा दुई हजार पाँच सय ३२, कर्णाली प्रदेशमा एक हजार तीन सय ३४ र सुदूर पश्चिम प्रदेशमा एक हजार चार सय ५५ रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।