सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय विदेश सचिवको काठमाडौं यात्रा : केके छन् एजेन्डा ?

भारतीय विदेश सचिवको काठमाडौं यात्रा : केके छन् एजेन्डा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - भारतीय विदेश सचिव विजय केशव गोखले दुईदिने नेपाल भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आइपुगेका छन्।

नेपालमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आएका गोखलेले नेपालका समकक्षी शंकरदास बैरागीसँग भारतीय सहयोग तथा अनुदानमा सञ्चालित परियोजनाबारे छलफल गर्ने कार्यक्रम छ।

भारत नेपालको सबैभन्दा ठूलो निर्यातकर्ता देश हो। आर्थिक एवं सामाजिक जगतमा नेपालमा भारतको निकै प्रभाव रहिआएको छ। नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको अघिल्लो दिन आएका विदेश सचिव गोखलेको भ्रमणलाई रणनीतिक हिसाबले निकै महत्त्वका साथ हेरिएको छ।

दुई देशका सचिवबीच सीमा वारपार रेलवे विस्तार, आन्तरिक जलमार्ग, भूकम्पपछिको पुनर्निर्माण, अरुण तेस्रो परियोजनाबारे विस्तृत छलफल हुने परराष्ट्र अधिकारीले बताएका छन्।

यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र माथिल्लो कर्णाली परियोजनाबारे पनि छलफल हुनेछ। विदेश सचिव भएपछि गोखले पहिलोपटक नेपाल आएका हुन्। दुई देश सचिवबीच नेपाल–भारतबीच यसअघि भएका नयाँ पुराना सबैखाले सम्झौताहरूको सहज ढंगले कार्यान्वयन भए नभएबारे समीक्षा हुनेछ। नेपाल–भारत संयुक्त पर्यवेक्षण संयन्त्रको कार्य प्रगतिबारे पनि छलफल हुनेछ।

काठमाडौंमा गत फरबरीमै हुने भनिएको दुई मुलुकका विदेश मन्त्रीस्तरीय संयुक्त आयोगको पन्ध्रौं बैठक हुन नसकेको बारे पनि छलफल हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।