सोमबार, साउन १८, २०८३

विप्लवको नेपाल बन्द फिर्ता, अन्य कार्यक्रम यथावत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- सरकारले आफूविरुद्ध लगाएको प्रतिबन्धको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव समुहले गरेको नेपाल बन्द फिर्ता लिएको छ ।

चैत १६ गते नेपाल बन्दको आह्वान गरेको विप्लव समुहले एसईई दिइरहेका विद्यार्थीलाई मर्का पर्ने भन्दै बन्द फिर्ता लिएको हो । नेपाल बार, राष्ट्रिय मानवअधिकार आयोग र परीक्षा नियन्त्रण कार्यालयको विज्ञप्ति र अनुरोधलाई सम्मान गर्दै बन्द फिर्ता लिने निर्णय गरेको विप्लव समुहले जनाएको छ । 

विप्लव नेत्तृत्वको पार्टीलाई सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले १६ गते नेपाल बन्दको घोषणा गरेको थियो । बन्द फिर्ता लिएपनि आन्दोलनका अन्य कार्यक्रम भने यथावत रहेको विप्लव समुहले जनाएको छ । 

विप्लवले चैतभित्र आफ्नो समुहमाथिको प्रतिबन्ध हटाउन माग गरेको छ । आफ्ना सम्पुर्ण कार्यक्रतालाई छोडेर प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने विप्लव समुहले चेतावनी दिएको  छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।