रुपन्देही- बुटवलको मैनाबगरमा बुधबार राति अज्ञात समूहको गोली लागेर भारतीय नागरिकको मृत्यु भएको छ ।
बुटवलको मैनाबगरमा गोलि लागेर गाडी ग्यारेजमा काम गर्ने भारतीय नागरिक फिरोज खानको घटनास्थलमै मृत्यु भएको हो ।
खानको शरिरको बायाँ भागमा एक गोली लागेको थियो । गोली प्रहारबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गोली कसले र किन चलायो भन्ने खुल्न सकेको छैन । उक्त क्षेत्रमा प्रहरीले घेरा हालेर अनुसनधान सुरु गरेको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४