सोमबार, साउन १८, २०८३

महेन्द्रनगरका व्यापारी महाकाली नदीमा मृत भेटिए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी – कञ्चनपुरका एक व्यापारी मृत अवस्थामा फेला परेका छन्। पाँच दिनदेखि बेपत्ता महेन्द्रनगरस्थित प्रभात फोटोकपी सेन्टरका संचालक श्याम भट्ट मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर विष्टका अनुसार बेपत्ता भट्ट भारतको टनकपुरस्थित महाकाली नदीको छेउमा मृत भेटिएका हुन्। भारतीय प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको डिएसपी विष्टले जानकारी दिए।

भट्टको हत्या वा आत्महत्या के हो भन्ने कुरा भने खुल्न नसकेको प्रहरीले जनाएको छ। भट्ट चैत ९ गते बजार जान भन्दै घरबाट हिँडेका बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।