काठमाडाैं - पूर्वपरराष्ट्रमन्त्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई पुत्री शोक परेको छ। न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ । उनको कसरी निधन भयो भन्ने बारे भने केही खुलाइएको छैन। तेजश्रीको अमेरिकाको न्यूयोर्कमा निधन भएको हो। पत्रकार डेनियल ल्याकले उनकाे निधनबारे अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा उल्लेख गरेका छन्।
काठमाडौँमा जन्मेर ५२ बर्षको उमेरमा न्यूयोर्कमा निधन भएकी तेजश्री सामाजिक न्यायको क्षेत्रमा वकालत गर्ने अभियन्ता थिइन्। तेजश्रीकी एक छोरी माया थापा छिन् । ५ वर्षअघि डा. थापाका छोरा भाष्करकोसमेत निधन भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४