सोमबार, साउन १८, २०८३

ललितपुरमा सांस्कृतिक महोत्सव सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - ललितपुर महानगरपालिकामा कला र सांस्कृतिक महोत्सव सुरु भएको छ। महानगरको मंगलबजार क्षेत्रमा यो महोत्सव आयोजना गरिएको हो। बुधबारबाट सुरु भएको यो महोत्सव आइतबारसम्म चल्नेछ।

वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा ललितपुर महानगरपालिका– १६ ले बृहत कला तथा सांस्कृतिक महोत्सव आयोजना गरेको हो।

महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महोत्सवले ललितपुरलाई हस्तकला, संस्कृति संरक्षण तथा कला नगरीको रुपमा विकास गराउन सहयोग पुर्याउने बताए। उनले आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि समेत महोत्सव फलदायी बन्ने विचार व्यक्त गरे।

'हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव' भन्ने मूल नाराका साथ सो महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवको प्रवर्द्धकमा नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघ, ललितपुर उद्योग वाणिज्य रहेका छन्। १६ वडाभित्रका टोलहरुलाई महोत्सवको सह–आयोजकको रुपमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।