सोमबार, साउन १८, २०८३

नेपालको पासपोर्ट कति शक्तिशाली ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - नेपालको पासपोर्ट विश्वको ९८ औं शक्तिशाली स्थानमा परेको छ। हेन्ली पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको सूची अनुसार नेपालको पासपोर्ट ९८ औं स्थानमा परेको हो।

विश्वकै शक्तिशाली पासपोर्टमा यो वर्ष जापान, सिंगापुर र दक्षिण कोरियाको पासपोर्ट परेका छन्। यस्तै दोश्रोमा जर्मनीे, तेश्रोमा फ्रान्स, डेनमार्क, फिनल्याण्ड, इटाली, स्वीडेन परेका छन्। बेलयतको पासपोर्ट भने पाँचौ स्थानमा रहँदा अमेरिकाको भने छैटौं स्थानमा रहेको छ। भारतको भने ८० औं स्थानमा रहेको छ।

हेन्लीले इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसियसनको सहयोगमा यो तथ्याङ्क सार्वजनिक गरेको हो। भिषा विना घुम्न पाउने ठाउँका आधारमा यो तथ्याङ्क सार्वजनिक भएको हो। पहिलो स्थानमा रहेका जापान, सिंगापुर र दक्षिण कारियाले १ सय ८९ मुलुकमा विना भिसा केवल पासपोर्टका आधारमा घुम्न जान पाउँछन्। नेपालको भने यो संख्या ४० रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।