सोमबार, साउन १८, २०८३

अवैध हतियार र लागुऔषधसहित ४ पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - प्रहरीले अवैध हतियार र लागुऔषधसहित ४ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ।

प्रहरीले काठमाडौंको बालाजुबाट १ थान खुकुरी र फलामको रड र १ सय ३९ थान डाईजापाम, फेनारगन, नरफिनसहित मनमैजु वस्ने २३ वर्षीय सन्तोष तामाङ् र अभयलाई पक्राउ गरेको छ। विप्लव समूहका अवाञ्छित गतिबिधि रोक्न विशेष अप्रेसन चलाएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

यस्तै प्रहरीले नयाँ वसपार्कवाट १६ ग्राम खैरो हिरोईन र खैरो हिरोईन जोख्ने मेसिन (तराजु) सहित वाँके कोहलपुर निवासी रमेश वस्नेत र शेर सिह रोकायालाईसमेत पक्राउ गरेको छ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।