सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस नेताको जिल्ला दौडाहा :  महाधिवेशनको पावर 'रिहर्सल'

कांग्रेस नेताको जिल्ला दौडाहा :  महाधिवेशनको पावर 'रिहर्सल'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आन्तरिक कचिंगल यथावत् राखेर नेपाली कांग्रेसका नेताहरू एकाएक जिल्ला दौडाहामा निस्केका छन्।

पार्टीका आन्तरिक विषयको टुंगो नलगाई नेताहरू यसरी जिल्ला दौडाहामा व्यस्त हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । यसलाई आगामी महाधिवेशनको ‘पावर रिहर्सल’ का रूपमा पनि हेरिएको छ। 
पार्टीको आधिकारिक योजना र कार्यक्रम बिना आफ्नो गुटलाई बलियो पार्न संस्थापन र असन्तुष्ट दुवैतर्फका नेताहरू जिल्ला दौडाहामा लागेका छन् ।

केही दिनअघि पूर्वी तथा मध्यतराईका जिल्ला भ्रमण गरेर फर्केका  सभापति शेरबहादुर देउबा बुधबारदेखि जिल्ला दौडाहाको अर्को अभियानमा निस्कँदैछन् । देउवा नेपाली कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुन बुधबार गुल्मी हुँदै पाल्पा, रूपन्देही, कपिलवस्तु तथा नवलपरासी पुग्ने कार्यक्रम छ । 

देउवा सहभागी हुन लागेका यी कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र त्यो समूहका नेता पनि बीचबाटै त्यहाँ पुग्ने तयारीमा छन् ।
 
वरिष्ठ नेता रामचन्द्र पौडेल सिन्धुलीको कार्यक्रम सकेर पूर्वी तराईका सिरहा, सप्तरी, धनुषामा आयोजना हुने कार्यक्रममा सहभागी हुँदैछन् । उनीसँगै चन्द्र भण्डारी, गगन थापालगायतका नेता छन् ।
 
महामन्त्री शशांक कोइराला मध्यपश्चिम जिल्लाका कार्यक्रममा सहभागी छन् । उनीसँग दीपक गिरी, कल्याण गुरुङलगायत छन् । शेखर कोइरला सोमबार चितवन पुगेका छन् । नेता प्रकाशमान सिंह सुदूरपूर्वी जिल्ला ताप्लेजुङ पुगेका छन् । नेता कृष्ण सिटौला अस्वस्थ भएका कारण जिल्ला दौडाहाको कार्यक्रम स्थगित गरिएको छ ।
 
पार्टी उपसभापति विमलेन्द्र निधि पूर्वी तराईका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौं पर्केका छन् भने अर्का उपसभापति विजय गच्छदार उपत्यकाबाहिरै व्यस्त छन् ।
नेपाली कांग्रेसको  ११ औं महासमिति बैठकले पारित गरेका एजेन्डा कार्यान्वयन, संघीय संरचनाअनुसार बन्ने कांग्रेसको पार्टीगत संरचनामा आफ्नो प्रभाव जमाउन पनि नेताहरूको जिल्ला दौडाहा बाक्लिएको छ ।
 
महासमिति बैठकमा समावेशी सहभागिता बढीमा एकपटक मात्र नियुक्ति पाउने तथा केन्द्रीय सदस्य तथा संसद्मा टिकट पाउने उम्मेदवार बडा तहबाटै निर्वाचित भएर आउनुपर्ने सहमतिविपरीत संस्थापन पक्षले बहुमतका आधारमा पारित गरेसँगै कांग्रेस विवाद थप चुलिएको छ ।

शीर्ष नेतृत्वले महासमितिमा प्रतिबद्धता जनाएको सहमति तोडेपछि असन्तुष्ट जिल्ला सभापतिहरूले आगामी चैत १८, १९ गते काठमाडौंमा भेला आह्वान गरेका छन् । जिल्ला सभापतिहरूले सहमतिअनुसार कांग्रेस शीर्ष नेतृत्व अगाडि नबढे विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नेसम्मको दबाब सिर्जना गर्ने बताइएको छ ।

कांग्रेस नेता मीन विश्वकर्माले पार्टीको १२ औं महाधिवेशन नजिकिँदै गरेको अवस्थामा नेताहरू जिल्ला दौडाहामा निस्कनुलाई ‘महाधिवेशन कपावर रिहर्सल’ का रूपमा लिइएको बताए । उनले भने, ‘यसरी दौडाहामा निस्कनुको उद्देश्य नेतृत्व विकास हुन सक्छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।