सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १० घण्टा बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १० घण्टा बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्न लागिएका कारण विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।
 
हाल विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा छ । १८ गतेबाट तीन महिना दैनिक १४ घण्टा मात्रै विमानस्थल खुला रहने भएको जनाइएको छ । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । 

अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए । आन्तरिक र अन्तर्राष्ट्रि दुवैमा गरी करिब २० प्रतिशत उडान कटौती हुने उनले बताए । 

विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तर्राष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।