सोमबार, साउन १८, २०८३

अख्तियारले थाल्यो ठूला घोटालामा छानबिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको विषयसहित अन्य विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
आजको नागरिक दैनिकले पाठकविरुद्ध अख्तियारले मुद्दा दायर गरेको विषयलाई सानो कोलममा राख्दै अख्तियारले ठूला घोटालाा छानविन सुरु गरेको विषयलाई प्रमुखताका साथ छापेको छ ।

नागरिकले अख्तियार उच्च स्रोतलाई उदृत गर्दै मेलम्ची खानेपानी आयोजना, नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद, निजी मेडिकल कलेजमा विद्यार्थीबाट बढी शुल्क असुली, नेपाल ट्रस्टको जग्गा भाडा, अकुत सम्पत्ति आर्जन लगायतमाथि विशेष छानबिन भइरहेको समाचारमा उल्लेख गरेको छ । 

मेलम्ची खानेपानी आयोजनाका लागि ३८ करोड रुपैयाँ भुक्तानीको विषयमा अख्तियारले खानेपानी मन्त्रालयबाट फाइल झिकाइसकेको छ। त्यसैगरी वाइडबडी जहाज खरिदको फाइल पनि अख्तियारमा पुगिसकेको छ।

वाइडबडी जहाज खरिदमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व तथा बहालवाला मन्त्रीको संलग्नता भएको उजुरीमाथि अनुसन्धान जारी छ। पाँच सयभन्दा बढी व्यक्ति अकुत सम्पत्ति आर्जन अभियोगमै छानबिनको दायरामा छन्। उनीहमाथि चलअचल सम्पत्ति बेचबिखनमा रोक लगाएर अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।
 
यस्तै बैंकहरुले व्यवसायी अजयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यवहारिक समस्या भएको पत्र नेपाल राष्ट्र बैंकलाई पठाएको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ । सुमार्गीले स्थानान्तरण गरेको रकम ऋण तिर्न, कर्मचारीलाई तलब भुक्तानी र राजस्व भुक्तानीमा प्रयोग गरेकाले अब फेरि त्यस्तो रकम फिर्ता गर्न सम्भव नभएको बैंकहरुको भनाइ छ।

चन्द समुहका थप २१ नेता कार्यकर्ता पक्राउ परेको विषयलाई एङ्कर न्यूज बनाएको आजको कान्तिपुर दैनिकले अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध अख्तियारले नै मुद्दा हालेको विषयलाई मुख्य समाचार बनाएको छ । 

मंगलबार अख्तियारले पाठकलाई ११ वर्ष जेल र ७८ लाख रुपैयाँ बिगो भराउन माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । पाठकसँगै घुस खुवाउने नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन सञ्चालक लम्बोदर न्यौपानेविरुद्ध पनि मुद्दा दायर गरेको छ । न्यौपानेलाई ८ वर्ष कैद र ७८ लाख जरिवाना भराउन अख्तियारले माग गरेको समाचारमा उल्लेख छ  ।
 
आजको अन्नपूर्ण पोस्ट्ले पनि पाठकविरुद्धको मुद्दालाई प्राथमिकताका साथ छापेको छ  । आफ्नै पूर्वआयुक्तविरुद्ध अख्तियार अदालतमा शीर्षकमा उसले खबर लेखेको छ । वृद्धभत्ताका लागि वृद्धवृद्धाले पाउने गरेको सास्तीलाई भने उसले कभर स्टोरीका रुपमा छापेको छ । 

आजको नयाँ पत्रिकाले भने चार वर्ष लगाएर बनेको पुल भत्काउने तयारी शीर्षकमा मुख्य समाचार छापेको छ ।  टेकु र तिनकुनेको पुल भत्काएर पुन बनाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनाएका छन् । दुबै पुलको निर्माण पप्पुले गरेको हो । यसमा कमजोरी भेटिएकाले फेरि बनाउने बताइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।