जनकपुरधाम – प्रहरीले सप्तरीबाट विप्लव नेतृत्वको नेकपाका तीनजना जिल्ला तहका नेतालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–६ का ५२ वर्षीय नुन्नु राम, शम्भुनाथ नगरपालिका–६ का ४६ वर्षीय गणपति साह र छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुर बस्ने ४० वर्षीय तेजनारायण यादव रहेको प्रहरीले जनाएको छ।
तीनै जनलाई सर्च अपरेशनको क्रममा सप्तरीको विभित्र स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पक्राउ परेकाहरु विरुद्ध थप अनुसन्धान भइरहेको सप्तरीका एसपी राजेन्द्र विष्टले बताएका छन्।
पछिल्लो समय सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरीले सर्च अपरेशन तिव्र पारेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४