वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सञ्चारमाध्यमलाई ‘शत्रु’ र‘प्रतिपक्षी दल’ को संज्ञा दिएका छन्। मंगलबार उनले ट्वीट गर्दै सञ्चारमाध्यमविरुद्ध खनिएका हुन्।
ट्रम्पको निर्वाचन अभियानमा रुसी साँठगाँठबारे वर्तमान राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाइ आएको हो।
उनले पत्रकारहरूले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारे भएको अनुसन्धान रिपोर्टलाई न्यायसङ्गत रुपमा प्रस्तुत नगरेको आरोपसमेत लगाएका छन्।
राष्ट्रपति ट्रम्पले रुससँग कुनै साँठगाँठ नरहेको जानकारी हुँदाहुँदै पनि चुनावी अभियानमा रुसी साँठगाँठको मुद्दालाई सञ्चारमाध्यमले उठायर विगत दुई वर्षसम्म भ्रमित पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
