सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियारका पूर्व आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

आयोगले मंगलबार पाठकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीविरुद्ध ७८ लाख विगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो। अभियोगपत्रमा घुस लिने तत्कालीन आयुक्त पाठक र दिने नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेलाई प्रतिवादी बनाइएको छ।

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको थियो।

घुस खाएको सम्बन्धी भिडियो सार्वजनिक भएपछि उक्त रकम आफूले लिएको तत्कालीन आयुक्त पाठकले स्वीकार गरेका थिए।

घुस काण्डमा मुछिएका पाठकले गत फागुन ३ गते पदबाट राजीनामा दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।