काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न जिल्ला तथा प्रदेशका लागि बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महामन्त्रीलगायतका पदमा पदाधिकारी मनोनयन गरेको छ। पार्टी अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गरी उनीहरुलाई मंगलबार मनोयन गरेका हुन्।
बरिष्ठ उपाध्यक्षको मनोनयमा धादिङ्गका बुद्धिमान तामाङ्ग र पर्साका लागि राजीव पराजुली परेका छन्। यसैगरी उपाध्यक्षका लागि प्रेम बहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्र बहादुर चन्द (बैतडी), तोरण बहादुर गुरुङ्ग (स्याङ्गजा), रोशन कार्की (ललितपुर), भिम प्रसाद गौचन (म्याग्दी), महेशलाल महासेठ (सिरहा) मनोनित भएका छन्।
थापाले झापा र बाँकेका लागि महामन्त्रीहरुसमेत नियुक्त गरेका छन्। राजेन्द्र लिङ्देनलाई झापा र डा.श्री धवल शम्शेर जबरालाई बाँकेको महामन्त्रीमा नियुक्त गरिएको छ।
यस्तै महोत्तरीको प्रवक्तामा सुशील श्रेष्ठ, काठमाडौंको प्रवक्तामा भुवन पाठक र नवलपुरकालागि नीलकण्ठ काफ्ले मनोनित भएका छन्। सह–महामन्त्रीहरुमा भने कैलालीका लागि चन्द्र बहादुर गुरुङ्ग, दैलेखका लागि कुन्ती शाही, मकवानपुरका लागि दिपक बहादुर सिंह, झापाका लागि भक्ति प्रसाद सिटौला, खोटाङ्गका लागि अर्जुन राई र काठमाडौंका लागि भरत रायमाझी मनोनित भएका छन्।
सहायक महामन्त्रीमा भने इलामका लागि लिलादेवी श्रेष्ठ र स्याङ्गजाका लागि मदन बहादुर कार्की मनोनित भएका छन्। जुम्लाको सहायक प्रवक्तामा भने रमानन्द न्यौपाने मनोनित भएका छन्।
यसैगरी अध्यक्ष थापाले प्रदीप कुमार उदयलाई प्रदेश नं. ५ को अध्यक्ष र श्री दईन्द्र बहादुर ठकुरीलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४