बुधबार, असार ४, २०८२

दीपिकाको रूप देखेर सबै अचम्म

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – रणवीर सिंहसँगको बिहेपछि दीपिका पादुकोणले फेरि फिल्ममा काम गर्न सुरु गरेकी छन्। बिहेपछिको उनको पहिलो फिल्म ‘छपाक’ हुने भएको छ। यस फिल्मको निर्देशन मेघना गुलजारले गनेछन्। फिल्मको दीपिकाको पहिलो लुक सार्वजनिक भएको छ।

दीपिकाको लुक चिन्न निकै गाह्रो छ। यस फिल्ममा दीपिका एसिडपीडित लक्ष्मी अग्रवालको भूमिकामा छिन्। फिल्मको कथावस्तु पनि लक्ष्मीमा आधारित छ। पिल्ममा दीपिका र मेघनालाई पहिलोपटक सँगै काम गरेको देख्न सकिनेछ।

यो फिल्म २०२० जनवरी १० मा रिलिज हुनेछ।  फिल्मको सुटिङ २५ मार्चबाट दिल्लीमा सुरु भएको छ।

दीपिका यसअघि अन्तिम पटक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मवत’ मा देखिएकी थिइन्। आफ्नो जीवनीमा आधारित फिल्म ‘छपाक’ मा अभिनय गरेकोमा लक्ष्मी अग्रवाल दीपिकासँग खुसी भएकी छन्। उनले भनेकी छन्, ‘म खुसी छु। पर्दामा मेरो जीवनमा आधारित फिल्ममा दीपिकाले भूमिका निर्वाह गर्दैछिन्। मलाई उनीमाथि जज् गर्ने कुनै अधिकार छैन। म पूर्ण विश्वासमा छु कि उनी निकै राम्रो अभिनय गर्नेछिन्।’

उनले अगाडि भनेकी छन्, ‘म मेघनाजी र दीपिका जीलाई धन्यवाद दिन चाहन्छु। उनीहरुलाई मेरो जीवनमा आधारित फिल्म बनाउने सोच आयो। यो फिल्मले समाजमा जनचेतना जागृत गर्नेछ। यसबाट मेरो जीवनमा के भएको थियो भन्ने कुरा सबैले जान्नेछन्।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्