बुधबार, असार ४, २०८२

बलिउडकी महंगी अभिनेत्री बनिन् कंगना 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बई – कंगना रनौतले शुक्रबार आफ्नो जन्मदिन मनाइन्। उनले मिडिया सामू आफ्नो बर्थडे केक काटेकी थिइन्। उनले बर्डडेमा आफू तमिलनाडुकी पूर्वमुख्यमन्त्री तथा कलाकार जयललिताको जीवनीमा आधारित भएर निर्माण भइरहेको फिल्ममा अभिनय गर्ने कुराको समेत जानकारी गराएकी थिइन्। यो फिल्म तमिल र हिन्दी भाषामा निर्माण हुने छ। फिल्मको तमिलमा ‘थलाइवी’ र हिन्दीमा ‘जया’ नाम राखिएको छ।

बलिउडमा कंगनाले यस फिल्मका लागि २४ करोड रुपैयाँ लिन लागेको समेत चर्चा हुन थागेको छ। यदि यो कुरा साचो भए कंगना बलिउडकी सबै भन्दा महंगी अभिनेत्री हुने छिन्। फिल्मको निर्देशन एएल विजय गर्दै छन्। विजय दक्षिण भारतका दिग्गज निर्देशक मध्येका एक हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार पनि दुई भाषामा निर्माण गर्न लागिएको यस फिल्मका लागि कंगनालाई २४ करोड दिइदैछ। फिल्म मेकरलाई कंगनाको स्टार पावर इमेजमाथी पूर्ण विश्वास रहेकाले पुरा भारतीय अडियन्सले यो फिल्मलाई हेर्ने विश्वास लिएका छन्। निर्माताले कंगनासँग पहिले नै कन्ट्याक्ट साइन गरिसकेको खबर बाहिरिएको छ।

कंगनाले पनि यस फिल्मका बारेमा कुरा गर्दै भनेकी छन्, ‘जयललिता हाम्रो देशको एक सफल महिला हुन्। उनी आफ्नो समयकी सुपस्टार थिइन् र पछि राजनीतिमा पनि सफल भएकी थिइन्। उनीमाथि बनिरहेको फिल्मसँग जोडिन पाउँदा म आफै पनि निकै खुशी छु। आफैले सम्मानित भएको महशुस गरिरहेकी छु।’

उनले छिट्टै यस फिल्मको शुटिङ् हुनेसमेत जानकारी दिएकी छन्। केवी विजयेन्द्रले फिल्मको कथावस्तु लेखेका हुन्। यसै वर्ष रिलिज भएको फिल्म ‘द किंग अफ झाँसी’को कथा पनि उनैले लेखेका थिए। 

१९४८ फेब्रवरी २४ मा कर्नाटकको ब्राह्मण परिवारमा जन्मिएकी जयललिताले तमिल फिल्माका अलावा राजनीतिको क्षेत्रमा पनि उच्च छवि बनाएकी छन्। जयललिताले १४० तमिल फिल्ममा काम गर्नुका साथै ८ पटक विधान सभाको चुनाव लडेकी थिइन्। उनी एक पटक राज्य सभामा समेत मनोनित भएकी थिइन्। उनी चार पटक तमिलनाडुको मुख्य मन्त्री बनिसकेकी सफल नेतृ हुन्। २०१६ डिसेम्बर ५ मा जयललिताको निधन भएका थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्