सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ मा ६ केन्द्रीय सदस्यले महन्थको साथ छाडेपछि यादव पक्ष बलियो

प्रदेश १ मा ६ केन्द्रीय सदस्यले महन्थको साथ छाडेपछि यादव पक्ष बलियो

केन्द्रीय सदस्य सुरेशसिंह गनगाई, भोगेन्द्र यादव, सिपेन्द्र अग्रवाल, मालबावु सहनी, रामलाल सुतिहार, सञ्जु बर्माले ठाकुर पक्षको साथ छाडेका छन्
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

विराटनगर– प्रदेश १ मा जनता समाजवादी पार्टी (जसपा) को यादव पक्ष बलियो देखिएको छ। नेता महन्थ ठाकुर नेतृत्वले जनता समाजवादी पार्टी (लोकतान्त्रिक) दर्ताका लागि बुधबार निर्वाचन आयोगमा आवेदन दिएको छ। तर प्रदेश १ मा नेताकार्यकर्ताले महन्थको साथ छाड्न थालेका छन्। 

National life

विराटनगरसहित प्रदेशका सवै जिल्लामा यादव पक्ष बलियो बनेको छ। जनता समाजवादी पार्टीको भदौ १ र २ गते काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा ठाकुर पक्षका केन्द्रीय सदस्य सुरेशसिंह गनगाई, भोगेन्द्र यादव, सिपेन्द्र अग्रवाल, मालबावु सहनी, रामलाल सुतिहार, सञ्जु बर्मा सहभागी भए। अहिले यी ६ जना केन्द्रीय सदस्यले ठाकुर पक्षको साथ छाडेका छन्। जसपाको प्रदेशसभामा रहेका जयराम यादव, रामचन्द्र लिम्बु, राधा थापा पनि यादव पक्षमा छन्। 

ठाकुर पक्षले नयाँ दल दर्ता गर्दा पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा मोरङबाट कसैलाई नसमेटेपछि नेता कार्यकर्ता थप चिढिएका छन्। केन्द्रीय समितिमा नपरेपछि ८ सदस्यीय कार्यदलमध्ये ७ जना यादव समूहमा आउने भएको एक नेताले बताए। समायोजनका बेलासमेत राजपा कार्यदलका ४ सदस्यले यादव समूहकै पक्षमा जिल्ला समिति बनाएको थियो। 

जसपाका मोरङ अध्यक्ष राजकुमार यादव प्रदेश १ मा यादव पक्ष बलियो रहेको बताउँछन्। उनले ठाकुर पक्षको उपस्थिति प्रदेश १ मा नगन्य अवस्थामा रहेको दाबी गरे। अध्यक्ष यादवले ससंगठन विपरीत गतिविधि गर्नेलाई कारबाही प्रक्रिया पनि सुरु गरिएको बताए। 

मोरङको जहदा ४ का वडाध्यक्ष जयनरथ गिरी (कृष्ण)ले संगठन विपरीत गतिविधि गर्दै एमालेको संगठन विस्तारमा लागेकाले स्पष्टीकरण सोधिएको यादवले बताए। 

Shivam cement

प्रकाशित: Aug 19, 2021| 17:45 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।