सोमबार, साउन १८, २०८३

‘सरकार काम भन्दा भाषण र सस्तो लोकप्रियतामा रमायो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको एक वर्षे कार्यकाललाई मूल्याङ्कन गर्दा पूर्णरुपमा असफल भएको बताएका छन्। नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले काम भन्दा भाषण र सस्तो लोकप्रियतामा सरकार रमाई रहेको र जनअपेक्षा बुझ्न नसकेकाले पूर्णरुपमा असफल भएको ताएका हुन्।

व्यवसायीहरुलाई मुलुकमा लगानी मैत्री बातावरण रहेकोमा आस्वस्थ पार्न नसकेको र विकास बजेटसमेत खर्च गर्न नसकेको सरकारले लगानी सम्मेलन गर्नुको कुनै तुक नरहेको बताए। सरकारले सुरक्षा परिषद्लाई कम्जोर बनाएर प्रधानमन्त्रीलाई सर्वेसर्वा बनाउन खोजिरहेको आरोप लगाएका छन्। उनले सरकारको नियत खोटपूर्ण रहेको बताउँदै त्यसप्रति सचेत हुन आग्रह गरे।

फरक प्रसंगमा बोल्दै नेता सिंहले कांग्रेस भित्र बिधिसम्वत निर्णय गर्ने  पद्धति हट्दै गएको र यसले पार्टी कमजोर हुँदै गएको टिप्पणी गरेका थिए। पार्टीभित्र कार्यकर्ताको उचित मूल्याङ्कन हुन नसकेको भन्दै सिंहले गुनासो गरे। पार्टीभित्र तेरो मेरो भन्ने परिपाटी हावी भएकाले गत निर्वाचनमा पराजय भोग्नु परेको उनले बताए। 
  
सबै नेता कार्यकर्ताले जिम्मेवार बनेर निर्णय नलिए आगामी दिनमा पार्टीलाई थप चुनौती हुने नेता सिंहले बताए। ‘पार्टीका कुरा बोलौ विरोध गरेजस्तो हुने। नबोलौ पार्टीमा तानाशाही प्रवृति हावी हुँदै गएको छ’, उनले भने, ‘विधान संवत् पार्टी सञ्चालनका लागि बाध्य भएर बोल्नु परेको छ। विधान तहः पार्टी सञ्चालन गर्न नसकेकाले अहिलेको नेतृत्व पूर्ण असफल भएको छ।’ उनले पार्टी नेतृत्वलाई विधानको पालना गर्दै अगाडी बढ्न सुझाव दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।