आइतबार, साउन १७, २०८३

८० वर्षमा  जवान देखिन अनुहारको सर्जरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बेलायलको दक्षिणी लन्डनमा रहेको वैलिन्गटोन निवासी टोनी गोल्डनबर्गले केही दिन अघि अनुहारको सर्जरी गरिन्। सर्जरी पछि उनले आफ्नो चाउरी परेको गाला सुमसुम्याइन्। त्यसरी गाला सुमसुम्याउँदा उनी निकै खुशी भएकी थिइन्। कारण उनले आफ्नो फेस लिफ्ट अप्रेसन गरेकी थिइन्।

फेस लिफ्ट एक यस्तो प्रविधि हो– जहाँ हाम्रो अनुहारमा रहेको कोषिकालाई  पुनःस्थापित गरिन्छ। यस्तो गर्नुको प्रमुख उद्देश्य अनुहारलाई बुठ्यौली हुन नदिई जवान देखिइरहनु हो। 

सर्जरी पछि उनको गालाको छाला पुनःटाइट र सुन्दर देखिएको छ। अनौठो कुरा यहो छकी उनले ८० वर्षको उमेरमा गालको छालाको सर्जरी गरेकी हुन्। ८० वर्षको उमेरमा पनि उनको  इच्छा र  सुन्दर  देखिने चाहाना भने २०/३० वर्षीया किसोरीको भन्दा कम छैन।  

नेपाली समाजमा ८० वर्षको उमेरमा  तीर्थ धामको बढी चाहाना हुन्छ। सौन्दर्यमा चासो राख्ने निकै कम जमात हुन्छ। यो परिपाटी विदेशमा पनि पाइन्छ। 

तर, ८० वर्षीया टोनी गोल्डेनबर्गले भने आफ्नो सौन्दर्यको लागि १० हजार पाउन्ड (नेपाली १४ लाख) रुपैयाँ खर्च गरेकी छन्। टोनीको अनुसार उनी आफूलाई निकै फुर्तिलो र स्फुर्ति राख्न चाहन्छिन्। उनले आफूले शरीर मेन्टेन गरेको भएपनि अनुहार मेन्टेन गर्न नसकेको बताएकी थिइन्। 

सोही कारण उनले करिब साढे तीन  घण्टाको फेस अपलिफ्ट अप्रेसन पहिलो पटक गरेकी हुन् । तर, यो फेस लिफ्ट सजिलो र जोखिममुक्त भने छैन। अप्रेसनका क्रममा उनको मृत्यु पनि हुन सक्छ। 

फेस लिफ्टसँगै उनको चाउरी परेको अनुहार पुनःजवान जस्तै देखिएको छ। बुढायौली  उमेर हुनु आफैमा भयान र भयावहस्थिति रहेको बताइन्।  आफूलय यसै कारण पनि ज्यान जोखिममा पारेर सर्जरी गरेको बताएकी थिइन्। उनको हाल विश्वभर चर्चा छाएको छ। कसैले उनको यो प्रवृतिको  भत्सना गरेका छन् त कसैले उनको आँट र साहसलाई  ‘सर्पोट’ गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।