सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरण : पूर्वएसपी विष्टलाई धरौटीमा छोड्न आदेश 

निर्मला हत्या प्रकरण : पूर्वएसपी विष्टलाई धरौटीमा छोड्न आदेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी–कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी दिल्लीराज विष्टलाई धरौटीमा छोड्न आदेश भएको छ।

जिल्ला अदालत कंचनपुरले आइतबार उक्त आदेश दिएको हो। विष्टको थुनछेक बहस शुक्रबार नै सकिए पनि समय अभावका कारण आदेश आइतबार मात्र भएको हो। विष्टलाई प्रमाण नष्ट गरेको अभियोगमा साढे चार लाख र यातना दिएको अभियोगमा ६ लाख गरि साढे १० लाख धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।

गत मंगलबार बयानका लागि आफै अदालतमा उपस्थित भएका विष्टको बयानपछि बहस सुरु भएको थियो। पूर्व एसपी विष्टसहितका ८ जना विरुद्ध दीलिप विष्टलाई यातना दिएको र निर्मला हत्या प्रकरणको प्रमाण नष्ट गरेको भन्दै मुद्दा दायर भएको थियो। जिल्ला अदालत कञ्चनपुरले गत फागुन ३० गते उक्त मुद्दामा फैसना सुनाउँदै ६ जना प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।अदालतको आदेशपछि ६ जना ३१ लाख धरौटीमा रिहा भइसकेका छन् भने सीआईबीका डीएसपी अंगुर जिसी भने अझै सम्पर्कमा आएका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।