सोमबार, साउन १८, २०८३

आजका अखबार : उच्च नेताहरु निगरानीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् । 

आजको कान्तिपुर दैनिकले नेत्रविक्रम चन्द विप्लवसमुहका नेता हेमन्तप्रकाश वलीसहित ९ जनालाई पक्राउ गरेसँगै चन्द समुहका अन्य उच्च नेताहरुमाथि निगरानी बढाएको विषयलाई मुख्य समाचार बनाएको छ ।

प्रहरीले शुक्रबार राति विप्लवसमुहको तेस्रो वरियताका नेता वलीसहित विजय श्रेष्ठ, शंकर अधिकारी, धर्मराज राजबाहक, रामृष्ण खतिवडा, ललित लामा, सञ्जिव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्कालाई पक्राउ गरेको थियो । फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट गराएपछि सरकार विप्लव समुहप्रति आक्रामक बन्दै आएको छ । 

यस्तै कान्तिपुर यसै समाचारमा एक्लिए विश्वकर्मा उपशीर्षकमा खबर लेखेको  छ।

सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेका गतिविधिप्रति आशंका गरिएपछि उनलाई जिम्मेवारी विहिन बनाइएको समाचारमा जनाइएको छ । उनले रिहाइका लागि बाबुराम भट्टराईलाई गुहार्ने, सरकारसँग वार्ता गर्ने बताएको लगायतका कारण उनलाई विप्लव समुहले कारबाही गरेर एक्लाएको हो । 

यस्तै कान्तिपुरले मुलुकभर १८७० स्थानमा डढेलो लागेको र पौने पाँच  लाखले एसईई दिन लागेको विषयलाई पनि महत्वकासाथ छापेको छ । यस्तै तोकिएको भन्दा बढि रकम असुल्दै आएको विरगञ्जको नेसनल मेडिकल कलेजले विद्यार्थीसँग ब्याजसमेत असुल्ने गरेको कान्तिपुरले खुलासा गरेको  छ । 

आजको नागरिक दैनिकले भने अस्पतालमै जोखिम शीर्षकमा मुख्य समाचार छापेको छ ।

चिकित्सकको लापरबाहीले विरामीको ज्यान गएको गुनासो वारम्बार आइरहँदा पनि सेती अञ्चल अस्पताल प्रशासनले वेवास्ता गर्दा घटना दोहोरीँदै गएको समाचारमा उल्लेख छ । यस्तै विप्लव समुहका तेस्रो वरियताका नेता हेमन्तप्रकाश वलीसहित ९ जना पक्राउ परेको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ ।

वविप्लवका तेस्रो वरीयताका नेता पक्राउ परेको र वीरगन्जमा स्वाइन फ्लुबाट एकजनाको मृत्यु भएको विषयलाई एङ्कर न्यूज बनाएको आजको अन्नपूर्ण पोस्ट्ले भने गुमनाम प्रदेश प्रमुख शीर्षकमा मुख्य समाचार छापेको छ ।

प्रदेश प्रमुख नियुक्तिका बेला उनीहरूको जति चर्चा थियो, त्यो अहिले छैन। प्रदेश प्रमुख नियुक्त हुनुअघि उनीहरू आआफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए। पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्षमै गुमनाम भएका छन्। सेरेमोनियल राष्ट्रपतिको भने सञ्चारमाध्यममा चर्चा भइरहन्छ। तर अधिकांश प्रदेश प्रमुखबारे आमनागरिक बेखबर बनेको समाचारमा उल्लेख छ । 

आजको नयाँ पत्रिकाले भने लगानी सम्मेलनमा ३९ खर्बका परियोजना शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै कांग्रेस केन्द्रीय समितिको निर्णयविरुद्ध जिल्लासभापतिहरुले भेला डाकेको विषयलाई एङ्कर न्यूज बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।