शुक्रबार, जेठ १, २०८३

प्रमोदले ल्याए ‘तिम्रो कल्पनामा’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चर्चित गाएक प्रमोद खरेलको ‘तिम्रो कल्पनामा’ बोलको गीत बजारमा ल्याएका छन्। म्यूजिक नेपालको युटुब च्यानल मार्फत उनले यो गीत बजारमा ल्याएका हुन्। 

सुरेश पोखरेलको शब्द रहेको यो गीतमा ताराप्रकाश लिम्बुले संगित भरेका छन्। गीतले धेरैको मन जित्न सक्ने विश्वास लिइएको शब्द संकलक पोखरेलले बताए। यस गीतलाई युवा निर्देशक बिशाल बैरागीले निर्देशन गरेका हुन्। 

गीतमा चर्चित मोडल साया भण्डारी र साहित्यकार राजन पनेरूले अभिनय गरेका छन्। गीतलाई दिनेश मुस्कानले छायाङ्कन गरेका हुन भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्