शुक्रबार, जेठ १, २०८३

‘ए मेरो हजुर–३’को ‘परान’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं– फिल्म ‘ए मेरो हजुर–३’को नयाँ गीत ‘परान’ सार्वजनिक भएको छ। गीतमा अशीष अभिरल र अञ्जु पन्तको स्वर रहेको छ। यस्तै गीतमा आनन्द अधिकारीको शब्द तथा अभिरलकै संगीत संयोजन रहेको छ।

भिडियोमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतको अभिनय देख्न सकिन्छ। अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। 

फिल्मबाट नायिका झरना पुत्री सुहाना थापाले डेब्यु गरेकी छिन्। फिल्मलाई उनकै श्रीमान सुनिल कुमार थापाले निर्माण गरेका हुन्।

सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी तथा दीर्घ खड्काले सम्पादन रहेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्