शुक्रबार, जेठ १, २०८३

छक्का पन्जा २’ को कमाई रविले निर्माण गर्ने अस्पताललाई 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चलचित्र ‘छक्का पन्जा २’ वैशाख १३ मा पुनः रिलिज हुने भएको छ। बैशाखमा उक्त फिल्म रिलिज हुने भएपछि धेरैले निर्माता तथा कलाकार दीपकराज गिरीलाई लोभी भएको टिप्पणी गरेका थिए। डेढ वर्षअगाडि बनेको चलचित्र युटुबमा नराखी फेरि रिलिज गर्न लागेको भन्दै दीपकको चर्को आलोचना भएको हो। 

चर्को आलोचना भए पछि दिपकले फेसबुकमा स्टाटस लेख्दै ‘छक्का पन्जा २’ बाट उठेको ठुलो रकम रवि लामिछानेले निर्माण गर्ने अस्पतालका लागि प्रदान गरिने बताएका छन्। उनले लेखेका छन्, ‘वैशाख १३ मा छक्का पन्जा २ रिलिज हुँदैछ। यसबाट उठेको ठूलो हिस्सा रवि लामिछानेले निर्माण गर्दै गरेको अस्पताललाई जानेछ। चलचित्रमा नयाँ दृश्य पनि हेर्न पाइनेछ।’

यस चलचित्रबाट १४ करोड माथिको ग्रस कलेक्शन गरेको यसको निर्माणपक्षले बताएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्