मंगलबार, मंसिर २, २०८२

खराब पत्नी बनिन् प्रियंका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – प्रियंका चोपडा यति बेला पति निक जोन्सका साथ निकै रमाइलो गरिरहेकी छन्। प्रियंका र निकबीच जोधपुरको उम्मेद भवनमा १–२ डिसेम्बरमा बिहे भएको थियो। यो जोडीले बिहे गरेको तीन महिना बितेको छ। प्रियंकाले यसै बीचमा आफू एक राम्री पत्नी नभएको खुलासा गरेकी छन्।

प्रियंकाको नाम यूएसए टुडेको पावर आइकन सूचीमा सूचीकृत भएको थियो। सूची अनुसार प्रियंका मनोरञ्जन जगत्का ५० शक्तिशाली महिलाभित्र पर्न सफल भइन्।

प्रियंकाले मंगलबार एउटा सोमा आफ्नो बिहे र पति निकबारे थुप्रै कुरा बताएकी छन्। उक्त सोमा प्रियंकालाई एउटा प्रश्न यस्तो सोधिएको थियो, ‘तपाईं आफ्ना पतिका लागि खाना पकाउनुहुन्छ ?’ यो प्रश्नको उत्तरमा प्रियंकाले आफूलाई खाना पकाउन नआउने भएकाले निककी आमाले खाना पकाउने गरेको बताएकी थिइन्। यसै कारण आफू एक खराब पत्नी भएको पनि उनले बताएकी थिइन्।

प्रियंकाले भनिन्, ‘म खाना पकाउन नै सक्दिनँ। जब मलाई निकले प्रपोज गर्नुभएको थियो त्यस समयमा मैले तपाईं एउटा राम्रो परिवारको मान्छे हो। तपाईंलाई आफ्नो आमाले पकाएको मिठो खाना मन पर्छ।  तर तपार्इं एउटा केही पनि पकाउन नआउने केटीसँग बिहे गर्दै हुनुहुन्छ।’

प्रियंकाले आफूलाई अण्डा मात्र उमाल्न आउने बताएकी थिइन्। निकले आफूलाई पनि खाना पकाउन नआउने बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्