शुक्रबार, जेठ १, २०८३

‘जात्रै जात्रा’ को ‘माया पिरीम’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – चलचित्र ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको गीत ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो। 

गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ। गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सारा श्रीपाइलीलाई देख्न सकिने छ।  ‘माया पिरिम’ बोलको गीतमाचलचित्रका मुख्य पात्र बिपिन कार्की र बर्षा राउतलाई पनि देख्न सकिन्छ। 

गाीतमा कलाकार दयाहाङ राई ,रविन्द्र झा र रविन्द्र सिंह बाँनियालाई पनि गीतमा देख्न सकिनेछ। गीतको कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतमा लेखु सहयात्रीको शब्द र कृष्ण भारद्वाजको संगीत छ। 

चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन्। प्रदिप भट्टराइले निर्देशन गरिरहेको फिल्मका निर्माता रविन्द्र सिंह बाँनिया रहेका छन्। २०१६ मा आएको ‘जात्रा’ चलचित्रको सिक्वेल यो चलचित्रलाई ‘जात्रै जात्रा’ नाम दिइएको छ। चलचित्र जेठ ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्