शुक्रबार, जेठ १, २०८३

‘आज भोली उनको याद आइरा’छ’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – युट्युबमा भर्खरै रिलीज भएको एउटा गीत हो ‘आज भोली उनको याद आइराछ।’ कार बिग्रिएर बुलेटवाली मेकानिकबाट सुरु भएको यो भिडियोको कहानी एउटा छोटो चलचित्र भन्दा कम छैन।

स्नेहा पौडेल र अनुस्का अधिकारी निर्देशनका विद्यार्थी हुन्। उनीहरू अहिले अस्कर कलेजमा फिल्म मेकिंग पढिरहेका छन्। यो भन्दा पहिले नेपालकै उनीहरुले वेब सिरिज हाम्रो हाइस्कुलमा अभिनय गरेका थिए। त्यहाँबाट पनि उनीहरुले राम्रो चर्चा बटुलेका थिए। 

उक्त गीतको भिडियोमा अभिनय स्नेहा पौडेल, अनुस्का अधिकारी शशांक बोहरा र दीपिका राई अभिनय गरेका छन्। 

शान्तिम कोइरालाको आवाजमा रहेको यो गीतको शब्द संकलक बिरक कडरिया हुन्। भिडियोको छायाङ्कन सेसन श्रेष्ठ, प्रशान्त योगी र युशव गौतमले गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्