बुटवल- लुम्बिनी प्रदेशको बिहिबार दिउसो १ बस्ने भनिएको प्रदेशसभा स्थगित भएको छ। प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले एक सूचना जारी गर्दै नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणवश स्थगित गरिएकोले जानकारी दिएका छन्।
आगामी बैठक सभामुखज्यूको निर्देशानुसार भदौ साल ७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको समेत सूचनामा उल्लेख छ।
प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि मंगलबार र बुधबार संसद् बैठक स्थगित भएको थियो। बुधबार पनि एमाले सांसदहरूले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि संसद् बिहीबार दिउसो १ बजेसम्मका लागि स्थगित भएको थियो।
एमालेले आफूले कारबाही गरेका सांसद अजय शाही र विमला खत्रीलाई पदमुक्त गर्न माग गर्दै सदन अवरूद्ध गर्दै आएको छ।
एमालेले कारबाही गरेका सांसदको विषयमा आएका कागजपत्रका विषयमा अन्य जानकारी पनि आएकाले यसबारे छलफल गरेर अघि बढ्ने सभामुख पूर्णबहादुर घर्तीले बताएका छन्।