शुक्रबार, जेठ १, २०८३

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एल्बमको विमोचन गरिएको हो। 

एल्बममा विदेशिएका नेपालीहरुको पीडा र आफ्नो देशप्रतिको मायाले ओतप्रोत गीत रहेको राईले बताए। ‘बिदेश जाने रहर कसलाई हुन्छ र? बाध्यताले हो देश छोड्ने’ बोलको उक्त गीतमा राईको एकल शब्द रचना रहेको छ। चन्द्रकान्त पौडेलको स्वर तथा संगित रहेको यो गितलाई विकास दाहालले सम्पादन गरेका छन्। कल्याणी ठकुरी, शिल्पा बिमली, चन्द्रकान्त पौडेल र वैष्णवी पौडेलको जोडदार अभिनय रहेको म्युजिक भिडियोलाई चन्दु गोर्खालीले एरेन्ज गरेका हुन्।

प्रकाश धितालको नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अजय रेग्मीले क्यामरामा कैद गरेका छन्। लोकार्पण गरिएको गीतको म्युजिक–भिडियो चन्द्रकान्त पौडेलको युट्युब–च्यानलबाट सार्वजनिक गरिएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्