शुक्रबार, जेठ १, २०८३

‘पप गायक सविनले ल्याए लै बरी लै बरी’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – नेपाली गीतसंगीत क्षेत्रमा युवा पप गायक सविन लामाले ‘लै बरी लै बरी भाकैमा’ बोलको गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन्। बाल्यकालका साथीहरुको सम्झनालाई समेटेर तयार पारिएको गीत ओएसआर डिजिटल म्युजिक कपनी मार्फत बजारमा ल्याइएको हो।

गीतमा शब्द, संगीत गायक स्वयम्को रहेको छ। यस्तै गीतमा सुजन खत्री र अनिता थिङको अभिनय देख्न सकिन्छ। सानैदेखि गीत संगीतमा रुची भएका गायक लामाले यसअघी सानो पाइला एल्वममा मार्फत चार गीत बजारमा ल्याइसकेका छन्। उनले सोही एल्वममा समेटिएका तीन गीतको म्युजिक भिडियो केही दिनमै बजारमा ल्याउने तयारी गरेका छन्।

२०६७ सालमा ‘माया तिमीलाई’ बोलको गीत मार्फत सांगीतिक क्षेत्रमा होमिएका लामाले २०६७ सालदेखि २०६९ सम्म दुई वर्ष डोरेमी संगीत पाठशालामा संगीत सिकेका छन्। २०७३ सालमा ‘हामी एक हाैं’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत मार्फत लामाले इमेज अवार्डसमेत हात पारिसकेका छन्। 

लामामा गायनप्रतिको हुटहुटी सानै देखिको हो। स्कुले जीवनदेखि नै उनी विभिन्न सांगीतिक कार्यक्रममा भाग लिन्थे। अरुण थापाका गीत सुन्दै सांगीतिक क्षेत्रमा होमिएका लामाले देश विदेशका थुप्रै स्टेज प्रोग्रममासमेत आफ्नो प्रस्तुती पस्किसेका छन्। पछिल्लो समय रुचाइएका गायक लामाले आगामी दिनमा पनि सांगीतिक क्षेत्रमा नै आफ्नो जीवन समरर्पित गर्ने योजना बनाएका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्