मंगलबार, मंसिर २, २०८२

बाहुबलीकी नायिका पोर्न स्टारको भूमिकामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – सुपरहिट फिल्म बाहुबलीकी शिवगामीको रोलबाट चर्चित बनेकी नायिका रम्या कृष्णन एकपटक फेरि चर्चामा आएकी छन्। उनले फिल्म ‘सुपर डिलक्स’ मा पोर्न स्टारको भूमिका निर्वाह गर्ने कुराले चर्चामा आएकी हुन्।

त्यागराजन कुमारराजको निर्देशनमा बन्न लागेको उक्त फिल्ममा उनी पोर्न स्टारको भूमिकामा देखिने भएकी हुन्। उक्त फिल्मको ट्रेलर रिलिज भएदेखि रम्याको चर्चा चुलिएको हो। उनले एउटा अन्तरवार्ताका क्रममा यो फिल्ममा अभिनय गर्न उनले थुप्रै कठिनाइ सामना गर्नुपरेको बताएकी थिइन्।

उनले यो अभिनयलाई आफ्नो जीवनको च्यालेन्जिङ रोल बताएकी छन्। उक्त फिल्ममा एउटा रोल गर्ने क्रममा रम्याले दुई दिनमा ३७ पटक टेक लिनुपरेको थियो। यसबारे उनले भनेकी छन्, ‘केही रोल पैसाका लागि हुन्छन्, कोही पपुलारिटीका लागि त कुनै केही पेसनका लागि। सुपर डिलक्स मैले पेसनका लागि गरेकी हुँ।’

‘सुपर डिलक्स’ को ट्रेलरले युट्युबमा धुम मचाएको छ। फिल्मको कास्टिङ र कन्टेन्टले दर्शकमा उत्सुकता बढाएको छ। यो फिल्म २९ मार्चमा रिलिज हुने बताइएको छ। फिल्ममा विजय सेथुपथी, समांथा, फहाद फासिल, रम्या कृष्णन, मास्किनलाई मुख्य भूमिकामा देख्न सकिनेछ।

सुपर डिलक्स तमिल फिल्म हो। फिल्ममा रम्याको क्यारेक्टरको नाम लीला हो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्