मंगलबार, मंसिर २, २०८२

सलमान प्रियंकासँग काम गर्न किन चाहँदैनन्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई – प्रियंका चोपडा र सलमान खानबीच विवाद अझै पनि समाधान भएको छैन। प्रियंका पहिले सलमानको फिल्म ‘भारत’ खेल्न तयार भएकी थिइन्। तर पछि उनले व्यक्तिगत कारण देखाउँदै यो फिल्म नखेल्ने घोषणा गरिन्। यसपछि सलमान र प्रियंकाबीच मनमुटाव सुरु भएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त कुरालाई लिएर सलमान अहिलेसम्म प्रियंकासँग दुःखी छन्। त्यही कारण उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रिन सकेको छैन।

सञ्जयलीला भन्साली र सलमान खान करिब दुई दशकपछि एकसाथ काम गर्दैछन् । केही समयपहिले प्रियंकाले भनेकी थिइन्, ‘उनले भन्सालीका साथ एक फिल्ममा साइन गरेकी छन्।’ यी दुवैको कनेक्सन हेर्दा प्रियंका र सलमानलाई भन्सालीको फिल्ममा एकसाथ देख्न सकिनेछ।

तर, सलमानले प्रियंकासँग काम गर्न आपत्ति जनाएका छन्। प्राप्त खबरअनुसार सलमाने भन्सालीको फिल्ममा प्रियंकासँग खेल्न इनकार गरिदिएका छन्।

प्रियंका र सलमान खानले भन्सालीसँग फिल्म खेल्ने सम्झौता गरे पनि फरकफरक फिल्मका लागि रहेको भन्ने समाचार बाहिरिएको छ। सलमान भन्सालीको एक लभ स्टोरी फिल्म र प्रियंका पिरियड फिल्ममा अभिनय गर्ने बताइएको छ।

भन्सालीले ‘गंगुबाई’ फिल्मका लागि बुक गरिसकेका छन्। फिल्ममा प्रियंकाले अभिनय गर्नेछिन्। ‘गंगुबाई’ मुम्बईको कमाठीपुरामा वेश्यालय चलाउने महिलाको जिन्दगीमा आधारित फिल्म हो ।। उनले उक्त फिल्ममा उक्त धन्दामा जबरजस्ती लगाइएका महिलाको उद्धार गरेको भूमिका छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्