शुक्रबार, जेठ १, २०८३

‘माया झ्याईं झ्याईं झ्याईं...’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – एन्जिला रेग्मी र विशाल निरौलाको आवाजमा रहेको रोमान्टिक गीत ‘माया झ्याई झ्याई झ्याई...’ सार्वजनिक भएको छ।  जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको गीत बुधबार सार्वजनिक भएको हो।

सिता रानाको शब्दमा शिशिर श्रेष्ठले संगीत भरेका छन्। भिडियोमा निश्चल केसीको निर्देशन रहेको छ भने राजिव समरले कोरियोग्राफी गरेका हुन्। 

शिशिर श्रेष्ठ र अन्जली अधिकारीको अभिनयलाई म्युजिक भिडियोमा देख्न सकिन्छ। ज्ञानेन्द्र शर्माको छायाकंन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्