बुधबार, जेठ २०, २०८३

धनगढीमा १७ हजार ५ सय जनालाई भेरोसेल खोप लगाउन सुरु

धनगढी उपमहानगरपालिकाले बुधबारदेखी नगरमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

धनगढी- धनगढी उपमहानगरपालिकाले बुधबारदेखी नगरमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ। 

National life

नगरका २२ स्थानमा २६ केन्द्र बनाएर खोप लगाउन सुरु गरेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीप्रसाद उपाध्यायले बताए। उनका अनुसार तीन दिनसम्म सञ्चालन हुने अभियानमा १७ हजार ५ सय नागरिकलाई कोरोना खोप लगाइने लक्ष्य छ। 

जसमध्य ६ हजार नागरिकलाई दोश्रो चरणको खोप दिइनेछ। यस अघि धनगढी उपमहानगरपालिकाका १७ देखी १८ हजार नागरिकले कोरोना विरुद्धको भेरोसेल र कोभिसिल्डको दुई वटै डोज खोप लगाइसकेका छन्। 

स्वास्थ्य निरीक्षक उपाध्यायका अनुसार १८ गतेदेखी अमेरिकन सरकारले उपलब्ध गराएको जोनसोन एण्ड जोनसन खोप लगाउन सुर गरिने छ। 

आजदेखी सुरु भएको कोरोनाविरुद्धको खोप लगाउन ५५ वर्षमाथिका नागरिक, शिक्षक–कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अति अत्यावश्यक सेवाका कर्मचारी र खोप अनिवार्य गरेको देशमा जाने नागरिकलाई खोप प्राथमिकता दिएको छ।  खोप प्राप्त गर्न ५५ वर्ष उमेर समूहकाले आफ्नो उमेर खुल्ने आधिकारी प्रमाणपत्र, विश्वविद्यालय र विद्यालयको हकमा परिचयपत्र, चालक तथा सहचालकको हकमा सवारी साधन नम्बरसहितको तथ्यगत विवरण प्रमाणीत गरेको यातायात व्यवसायी संघको आधिकारीक प्रमाणपत्र लगेर जानुपर्ने छ। 

Shivam cement


यस्तै खोप अनिवार्य गरेको देश जान लागेकाहरूले पासपोर्ट र भीसा देखाएर खोप लगाउन सक्ने छन्। सुदूरपश्चिमका अन्य क्षेत्रमा पनि आजदेखि खोप लगाइनेछ।

प्रकाशित: Jul 28, 2021| 14:00 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।