मंगलबार, मंसिर २, २०८२

बिज्ञानले ल्याए ‘अप्सरा’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – सफलता प्राप्तिका लागि मान्छेले अनवरत संघर्ष गर्नु पर्छ। संघर्षले मात्रै मान्छेलाई सफल बनाउँछ।  यस्तै संघर्ष गरेर आफ्नो सपना पुरा गरेका छन् गायक बिज्ञान स्याङ्बोले। 

रोजगारीको शिलशिलामा विदेश पुगेका स्याङ्बोले उतैबाट आफ्नो सपनालाई मुर्तता दिएका छन्। उनले आफ्नो पहिलो गीत ‘अप्सरा’ सार्वजनिक गरेका हुन्। गीत संगीतका माध्यमबाट योगदान पुर्‍याउने सपना बोकेका स्याङ्बोले गीतले दर्शक स्रोताको मन जित्ने विश्वास ब्यक्त गरे।

गीतमा उनको एकल स्वर, शब्द र संगीत रहेको छ। गीतको एरेन्ज्मेन्ट बिनय केटुले गरेका हुन्। गीतको म्युजिक भिडियोमा सुनिल  क्षेत्री र एलिशा शर्माको साथमा नेपाली ठिटोस ग्रुपको अभिनय देख्न सकिन्छ। 

ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन। सुनिल क्षेत्रीको कन्सेप्ट तथा निर्देशनमा गीतको भिडियो तयार भएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्