मंगलबार, मंसिर २, २०८२

आँप जोडीको रोमान्टिक भिडियो सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – सबैको सपनाको देश अमेरिका। सपनाको देश अमेरिकामा बसेर कलाकार बनेर नाम, सम्मान कमाउने सपना देख्ने धेरै प्रतिभाशाली कलाकार अहिले अमेरिकामा छन्। जहाँ  भए पनि आफ्नो कला, संस्कृति प्रती अतिनै माया र सम्मान छ भन्ने कुरा  नेपालीभाषी  भुटानीहरुले अमेरिकामा  देखाएका छन्। नेपाली संगीत र सिनेमामा उनिहरुको योगदानले पनि यो प्रष्ट  हुन्छ। 

हाल अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी भुटानी कलाकार मध्यका एक बिकु क्षेत्री। सुमधुर स्वरका धनी यी गायकले केही दिन अघि आफ्नो  पहिलो गीतको भिडियो सार्वजनिक गरेका छन। 

‘जाउ हिड’ बोलको यस गीतमा स्वर बिकु क्षेत्रीको रहेको छ भने शब्द रविन बिस्टको रहेको छ।   डम्बर खापुङले संगीत गरेको यस गीतमा उदय राज पौडेलको एरेन्जमेन्ट रहेको छ। 

गीतको भिडियोका दृष्यलाई नवराज उप्रेतीले क्यामेरामा कैद गरेका हुन्। सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा चर्चित जोडी पल शाह र आँचल शर्माको अभिनय रहेको छ। नविन निरौलाले भिडियोलाई सम्पादन गरेका हुन्। पदन चुवानको निर्माणमा बनेको भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्