मंगलबार, मंसिर २, २०८२

शुशिलाले ल्याइन्, ‘यो केटीले मुस्काएर देशै खाने भई'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा रहेकी गायिका शुशिला पाठकले आफ्नो जन्मदिनको अवसरमा एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्। उनले ‘यो केटीले मुस्काएर देशै खाने भई’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। 

कलाकार, संगितकार र सञ्चारकर्मीहरुको उपस्थितिमा गीतको म्युजिक भिडियोको बिमोचन गरिएको हो। गीतमा स्वर र अभिनय पाठककै रहेको छ। म्युजिक भिडियोको निर्देशन सचिन थापा गरेका छन्।

दिपकराज पौडेलले कम्पोज गरेको उक्त म्युजिक भिडियो सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा शुभकामना दिँदै संगितकर्मी तथा सञ्चारकर्मीहरुले गीतले दर्शक स्रोताहरुको मन जित्ने विश्वास ब्यक्त गरेका थिए। पाठकले आफ्नै युबट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्